अमेरिकाले बनायो कोरोनाविरुद्धको औषधि, सफल परीक्षणपछि प्रयोगमा ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अमेरिकाले बनायो कोरोनाविरुद्धको औषधि, सफल परीक्षणपछि प्रयोगमा ल्याउने तयारी

एजेन्सी । अमेरिकी औषधि उत्पादक कम्पनी मर्कले विकास गरेको कोरोना विरुद्धको औषधि मोल्नुपिरभिरले कोरोना संक्रमितको मृत्यु ५० प्रतिशतले घटाउने एक परीक्षणले देखाएको छ ।

अन्तरिम क्लिनिकल परीक्षणको नतिजाअनुसार कोरोना संक्रमितलाई मर्कको चक्की दिनको दुईपटक दिइएको थियो । यो परीक्षणको नतिजा सकारात्मक भएकाले अन्य बाह्य अनुगमनकर्तालाई परीक्षणकाल छोट्याउन मर्कले अनुरोधसमेत गरेको छ ।

मर्कले आगामी दुई साताभित्र आपतकालीन प्रयोग अनुमतिका लागि निवेदन दिने तयारी गरिरहेको कम्पनीले जनाएको छ । राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले पनि यस औषधिको नतिजा अत्यन्त सुखद भएको बताएका छन् । औषधिले अनुमति पाए मोल्नुपिरभिर कोरोनाविरुद्धको पहिलो एन्टीभारइल खाने औषधि बन्ने छ ।

भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याउनेगरी डिजाइन गरिएको औषधिले भाइरस शरीरमा फैलनबाट रोक्ने कम्पनीको दाबी छ । मोल्नुपिरभिर परीक्षण गरिएको समूहमा कसैको पनि मृत्यु नभएका कारण यो औपधि प्रयोग गर्न मिल्ने दाबी कम्पनीको छ ।

अहिले मर्कबाहेक फाइजर र स्वीस कम्पनी रोचेले पनि खाने चक्की परीक्षण गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);