अमेरिकामा १२ देखि १५ वर्ष उमेरकाे बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकामा १२ देखि १५ वर्ष उमेरकाे बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी

एजेन्सी । अमेरिकामा अब १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

मे १३ देखि उक्त उमेर समूहका बालबालिकालाई कोरोना खोप लगाउने तयारी गरिएको अन्तर्र्रािष्ट्रय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडीएले फाइजर–बायोएनटेकको कोरोना खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । यो उमेर समूहलाई कोरोना खोप लगाउन विश्वमै पहिलो पटक अनुमति दिइएको हो ।

कोरोना भाइरस महामारीका कारण करोडौ स्कुले विद्यार्थी घरमै बस्न बाध्य भएका बेला यो अभियानले फेरि उनीहरुलाई विद्यालय जाने वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै राज्य प्रशासनलाई युवा तथा किशोरहरुलाई छिटोभन्दा छिटो खोप लगाउन आग्रह गरेका छन् ।

चिकित्सकीय परीक्षणको सफल परिणाम आएपछि उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउन आपतकालीन अनुमति दिइएको हो ।

अमेरिकामा अहिलेसम्म २६ करोडले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);