राजधानीमै भेटियो स्क्रब टाइफसको जिवाणु : २४ पुस्तासम्म संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

काठमाडौँ, ६ असोज । राजधानीमै स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। काठमाडौं उपत्यकाभित्र बस्दै आएका १० जना बिरामी भदौ महिनामा मात्रै उपचारको क्रममा स्क्रब टाइफस रोगको संक्रमण फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ।

उपत्यकाबाहिर नगएका राजधानीमै बसिरहेका १० जनालाई यो रोग देखा परेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले जानकारी दिए। ती बिरामीमा ज्वरो आउने, पसिना आउने लक्षण देखिएको अस्पतालले जनाएको छ। मुख्यत मुसाजस्ता स्तनधारी प्राणीले टोकेपछि यो रोगले आक्रमण गर्ने गर्छ।

मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ।  एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको छ।

ताजा समाचार