कोरोनासँग मिल्दो लक्षण छन् ? स्क्रब टाइफस पनि हुनसक्छ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कोरोनासँग मिल्दो लक्षण छन् ? स्क्रब टाइफस पनि हुनसक्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिएको जनाएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस रोग देखापरेकाले सचेत रहन आग्रह गरेको हो ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखा पर्नेलगायत लक्षण देखिन थालेकाले उच्च सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । स्क्रब टाइफसका बिरामीमा खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउनु, स्वास फेर्न गाह्रो हुनु जस्ता लक्षण पनि देखिन थालेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले परीक्षण गर्दा कोरोना नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रव टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीर रूप लिने चेतावनी दिएको छ । स्क्रव टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायत अंगमा असर गर्छ ।

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोके सर्नेगर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);