तराईका बाढीप्रभावित बस्तीमा झाडापखालाका कारण एकको मृत्यु, ३०० बढी विरामी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

तराईका बाढीप्रभावित बस्तीमा झाडापखालाका कारण एकको मृत्यु, ३०० बढी विरामी

काठमाडौँ, ३ भदौ  । रौतहटको गढीमाई गाउँपालिका र सिरहाको औरही गाउँपालिकामा झाडापखालाले तीन सयभन्दा बढी मानिस बिरामी भएका छन् ।

काठमाडौँ, ३ भदौ  । रौतहटको गढीमाई गाउँपालिका र सिरहाको औरही गाउँपालिकामा झाडापखालाले तीन सयभन्दा बढी मानिस बिरामी भएका छन् ।

 

सिरहाको बाढीप्रभावित औरही गाउँपालिकामा एक नाबालिकाको झाडापखालाबाट मृत्यु भएको छ । औरही गाउँपालिका वडा नम्बर ५ का रामभरोस साफीका १६ महिने छोरी भारती साफीको मृत्यु भएको हो ।

 

झाडापखालाबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन् । स्वास्थ्य संस्थामा औषधि र जीवनजलसमेत नहुँदा उपचारमा समस्या भएको रौतहटको गम्हरया पर्सा स्वास्थ्य चौकीले जनाएको छ ।

 

गम्हरया पर्सा स्वास्थ्य चौकीका अनुसार रौतहटको गढीमाई गाउँपालिकामा ज्वरो र झाडापखालाका दुई सयभन्दा बढी बिरामी छन् । बाढी प्रभावित क्षेत्रमा शुद्ध पिउनेपानीको अभावमा झाडापखाला फैलिएको रौतहट चन्दपुर अस्पतालका डाक्टर सुवास चौधरीले बताए । जिल्ला अस्पताल सिरहाले डाक्टर जितलाल यादवको नेतृत्वमा थप चिकित्सक टोली प्रभावित क्षेत्रमा पठाएको जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);