सिरहामा झाडापखालाको प्रकोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिरहा, ६ भदौ । सिरहाको बाढीप्रभावित गाउँपालिका औरहीमा एक सातादेखि सुरु भएको झाडापखालाको प्रकोप अझै नियन्त्रणमा आएको छैन ।

सदरमुकादेखि नौ किलोमिटरपूर्व हुलाकी सडकमा पर्ने औरही गाउँपालिकामा अझै पनि दैनिक थप आठदेखि १० जना झाडापखालाका बिरामी थपिने गरेका छन् । गागन नदी आएको बाढीका कारण खानेपानीका स्रोतहरु प्रदूषित हुँदा औरहीमा झाडापखाला संक्रमितको संख्या बढ्दै गएको चिकित्सकहरुको अनुमान छ ।

चिकित्सकका अनुसार औरहीमा ८१ जनामा झाडापखालाको संक्रमण देखिसकेको छ । महामारीकै रुपमा देखिएको झाडापखाला नियन्त्रणका लागि औरहीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि दुई जना चिकित्सक खटिएका छन् । यसअघि, झाडापखालाबाट औरहीमा १७ महिने नाबालिकाको भदौ २ गते उपचारका क्रममा निधन भएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);