दाङको शान्तिनगरमा फैलिएको झाडापखाला नियन्त्रण वाहिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दाङको शान्तिनगरमा फैलिएको झाडापखाला नियन्त्रण वाहिर

birami

दाङ, १४ जेठ । दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रण बाहिर गएको छ ।

दूषित पानीका कारण झाडापखाला नियन्त्रण वाहिर गएको स्वास्थ्यकर्मीले बताएका छन् । स्थानीय माइली खोला खानेपानी आयोजनाको पानी दुषित भएकाले झाडापखाला फैलिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले बताए । झाडा पखाला फैलिएपछि वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल दुई दिनदेखि बन्द गरिएका छन् ।

स्वास्थ्य चौकीले दुई दिनको अवधिमा एक हजार जनाको उपचार गरेको छ । विरामीहरु उपचारका लागि स्वास्थ्य चौकी आउने क्रम आज पनि जारी छ । स्वास्थ्य चौकीमा राप्ती उपक्षेत्रीय अस्पताल घोराही र नेपाली सेनाको टोलीले पनि बिरामीको उपचार गरिरहेको छ ।

शान्तिनगर गाउँपालिका पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, कजेरी, हिरापुर लगायत गाउँमा झाडापखालाको प्रकोप फैलिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);