दाङमा फैलिएको झाडा-पखाला प्रकोप नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

दाङमा फैलिएको झाडा-पखाला प्रकोप नियन्त्रणमा

दाङ, १४ जेठ । दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको प्रकोपमा केही सुधार आएको छ । शुक्रबारदेखि फैलिएको झाडापखाला प्रकोप आइतबारदेखि सुधार आएको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि पुनले जानकारी दिए ।

शनिबार ४ सय १९ बिरामीको उपचार भएकोमा आइतबार ३० जना मात्र नयाँ बिरामीको उपचार गरिएको छ । झाडापखाला प्रभावित क्षेत्रमा राप्ती अञ्चल अस्पताल र नेपाली सेनाबाट गएको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

चिकित्सकका अनुसार गम्भीर अवस्थामा उपचार गराइरहेका २ सय भन्दा धेरै बिरामीमा जलविनियोजनको लक्षण देखिएको छ । प्रदुषित खानेपानीका कारण झाडापखालाको प्रकोप फैलिएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);