गर्मी बढेसँगै अस्पतामा विरामीको चाप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गर्मी बढेसँगै अस्पतामा विरामीको चाप

hospital

अप्सरा लामिछाने
काठमाडौं, १३ जेठ
। गर्मी बढेसँगै काठमाडौं उपत्यकाका अस्पताहरुमा विरामीको चाप बढेको छ । गर्मी मौसममा रोगमा जीवाणुहरु तथा रोगका भेक्टरहरुको सख्यांमा वृद्धि हुने तथा रोग फैलिने खतरा बढि हुने चिकित्सकहरुको भनाइ छ । गर्मीको समयमा शरीरको तापक्रम बढ्ने तथा पानी सोसिने भएकाले तापक्रम सन्तुलनमा राख्न झोलिलो पदार्थ बढी सेवन गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

गर्मी बढेसँगै विभिन्न रोगको संक्रमण फैलने खतरा पनि बढ्छ । गर्मी मौसममा रोगमा जीवाणुहरु तथा रोगका भेक्टरहरुको सख्यांमा वृद्धि हुने हुँदा महामारी फैलने सम्भावना बढी हुन्छ । यस मौसममा श्वासप्रश्वास, झाडापखाला, कालाजार, औलो तथा किटजन्य रोगको खतरा बढी हुने चिकित्सकहरुको भनाइ छ । गर्मी बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा पनि विरामीको चाप बढेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र दैनिक ३० देखी ४० जना बिरामी उपचारका लागि आउने गरेका छन् । त्यस्तै अरु अस्पतालमा पनि विरामीमो चाप बढेको छ । बिषेशगरी झाडापखाला, जन्डिस, रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससँग सम्बन्धित रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको चिकित्सकहरुको भनाइ छ ।

गर्मी मौसममा लाग्ने अधिकांश रोगहरुको सम्बन्ध खानपिन तथा सरसफाईसगँ जोडिने चिकित्सकहरुले बताएका छन् । विशेषगरि खुल्ला ठाउँमा राखिएका खानेकुरा तथा पानीको कारण यस मौसममा रोगका संक्रमण फैलने गर्छ । गर्मी मौसममा खाना छिटो बिग्रने भएकाले बासी खाना, मसलायुक्त र चिल्लो खाने कुरा नाखन तथा शरीरको तापक्रम बढी हुने र पानी सोसिने भएकाले शरीरको तापक्रम सन्तुलनमा राख्न झोल पदार्थ बढी सेवनगर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

गर्मी महिनामा सरुवा रोगको खतरा बढी हुने भएकाले यस मौसम लागेसगैँ आफ्नो स्वास्थको बढी ख्याल गर्नुपर्ने हुन्छ । खाना तथा प्रदुषित पानीबाट मात्र बच्न सकेपनि धेरै रोगहरुबाट बच्न सकिने भएकाले आफ्नो स्वास्थ्यसँग सम्बन्धित सानो भन्दा सानो कुरालाई ध्यानमा राख्नु जरुरी हुन्छ । साथै कुनै पनि रोगका लक्षणहरु देखा परेको समयमै स्वास्थ्य जाचँ गारउँदा महामारी फैलनबाट जोगिन सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);