मौसममा परिवर्तन आएसँगै अस्पतालमा बिरामीको संख्या बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मौसममा परिवर्तन आएसँगै अस्पतालमा बिरामीको संख्या बृद्धि

काठमाडौं, ६ चैत । मौसममा परिवर्तन आएसँगै अस्पतालमा बिरामीको संख्यामा बृद्धि भएको छ । मौसममा आएको परिवर्तनले बिभिन्न रोग लाग्न सक्ने सम्भावना भएकाले सचेतना अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । मौसम परिवर्तनसँगै विषेश गरी बालबालिका, बृद्ध-बृद्धा र दीर्घ रोगीहरुमा बिभिन्न संक्रमण देखिने चिकित्सकहरुको भनाइ छ ।

अहिले न जाडो न गर्मीको मौसम छ । जाडो महिना सकिएर गर्मी सुरु हुने बेलमा विषेश गरी रुघा-खोकी, चर्म रोग, पाचनसम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाइ छ । मौसममा परिवर्तन आएसँगै अस्पतालमा विरामीको संख्या पनि बढेको छ ।

मानव शरिरमा हुने रोग प्रतिरोधात्मक क्षमतामा मौसम परिवर्तनले प्रभाव पार्ने हुँदा यस्तो मौसममा विभिन्न रोगका संक्रमण हुने सम्भावना रहन्छ । अर्थात, मौसम चिसोबाट एक्कासी गर्मितिर लागेसँगै रोग प्रतिरोधात्मक क्षमतामा दबाब पर्छ र हाम्रो शरीरको रि–ब्यालेन्स हुन समय लाग्छ ।

जसका कारण अकस्मात शरिरले संक्रमण र भाइरससँग लड्ने क्षमता गुमाउँछ । परिवर्तित मौसमसँगै श्वासप्रश्वास, पाँचन प्रणाली तथा छालासँग सम्बन्धित विभिन्न रोगहरु लाग्ने चिकित्सकहरुको भनाइ छ ।

परिवर्तित मौसमलाई ध्यानमा राख्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुको सुझाव छ । बाहिरी तापक्रम बढेता पनि बालबच्चा तथा वृद्धवृद्धाहरु भने अझै न्यानोमा बस्नुपर्ने र शरीरलाई सुख्खा हुन नदिन झोलिलो पदार्थ खानुपर्ने चिकित्कको भनाइ छ ।

साथै धुलो धुवाबाट बच्ने, जंक फुड र खुला ठाउँमा राखिएको खानेकुरा नखाने गर्दा रोगको संक्रमणबाट बच्न सकिन्छ । मौसम परिवर्तन हुने समयमा सरुवा रोगको जोखिम पनि उत्तिकै हुन्छ । तसर्थ विभिन्न रोगका संक्रमणबाट बच्न बेलैमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);