गर्मी मौसम सुरु भएसँगै अस्पतालमा विरामीको चाप बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गर्मी मौसम सुरु भएसँगै अस्पतालमा विरामीको चाप बढ्यो

hospital

अन्जना तिमलसिना
काठमाडौं, २९ चैत
। गर्मी मौसम सुरु भएसँगै अस्पतालहरुमा विरामीको चाप बढेको छ । गर्मी मौसममा रोग जीवाणुहरुमा बृद्धि हुनेहुँदा संक्रमण फैलनसक्ने सम्भावन बढी हुन्छ । विषश गरी गर्मी मौसममा झडापखला, जन्डिस, रुघाखोकी, ज्वारो, कालाजार जस्ता रोगको संक्रमण हुनसक्ने चिकित्सकहरुको भनाइ छ ।

हरेक वर्ष गर्मी महिना सूरु भएसँगै अस्पतालहरुमा विरामीको चाप बढ्ने गर्छ । विषेशगरी गर्मीको समयमा सरुवा रोगको संक्रमण फैलने चिकित्सकहरुको भनाइ छ । यस समयमा स्वाइन फ्लु, मौसमी रुघाखोकी तथा भाइरसजन्य रोगको जोखिम हुनेहुँदा सजगता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । त्यस्तै कीटजन्य मानिने लामखुट्टे, भुसुनाको टोकाइवाट लाग्ने औँलो, कालाजार लगायतको रोगको खतरा पनि रहन्छ ।

पछिल्लो समय नेपालमा स्क्रब टाइफसको प्रकोप पनि बढ्दै गएको छ । मुसाको कानमा पाइने माइट भन्ने सुक्ष्म जिवाणुको टोकाइबाट लाग्ने यो रोग अघिल्लो बर्ष चितवनमा महामारीको रुपमा देखा परेको थियो । यो वर्ष काठमाडौँ उपत्यका पनि स्क्रब टाइफसका बिरामी देखा परेको चिकित्सकको भनाइ छ ।

गर्मी मौसममा लाग्ने अधिकाशं रोगहरुको सम्बन्ध खानपिन तथा सरसफाइसँग जोडिने चिकित्सकहरुको भनाइ छ । विशेषगरि खुल्ला ठाउँमा राखिएका खानेकुरा तथा पानीको कारण यस मौसममा रोगको संक्रमण हुनेगर्छ । गर्मी मौसममा खाना छिटो बिग्रने भएकाले बासी र सडेगलेका खानेकुरा नखान चिकिस्कले सुझाव दिएका छन् । त्यस्तै शरीरको तापक्रम बढी हुने तथा पानी सोसिने भएकाले शरीरको तापक्रम सन्तुलनमा राख्न झोल पदार्थ बढी खानुपर्ने हुन्छ ।

सरुवा रोगको खतरा बढी हुने भएकाले गर्मी मौसममा स्वास्थको बढी ख्याल गर्नुपर्ने हुन्छ । खाना तथा प्रदुषित पानीबाटमात्र बच्न सकेपनि धेरै रोगहरुबाट बच्न सकिने भएकाले आफ्नो स्वास्थ्यसगँ सम्बन्धित सानो भन्दा सानो कुरालाई ध्यानमा राख्नु जरुरी हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);