गर्मी बढेसँगै जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गर्मी बढेसँगै जनजीवन प्रभावित

garmi

पाण्डव पुजारी,
कैलाली, २२ जेठ । कैलालीमा गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।अत्यावश्यक काम बाहेक अन्य समयमा स्थानीय बाहिर निस्कन छोडेका छन्

कैलालीमा केहिदिन यता गर्मी बढेको छ । धनगढीको तापक्रक ३९ डिग्री सेल्सियसको आसपास पुगेको छ । गर्मीका कारण कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या बढेको छ । बिरामीको चाप बढेसँगै उपचारमा समस्या भएको सेवाग्राहीको गुनासो छ ।

अत्यावश्यक काम बाहेक अन्य समयमा स्थानीय बाहिर निस्कन छोडेका छन् । मानिसहरुको चाप हुने धनगढी, लम्की, टिकापुर र पहलमानपुर बजारमा चहलपहलमा कमी आएको छ । बजारमा चहलपहल कम भएपछि व्यापार खस्किएको व्यवसायीको भनाइ छ । तर गर्मी बढेसँगै चिसो पेय पदार्थको कारोबार भने बढेको छ । गन्नाको जुस, आइसक्रिम फलफुलको बिक्री बढेको छ ।

गर्मीका कारण विद्यार्थीहरु समस्यामा परेका छन् ।पठनपाठन समेत प्रभावित भएको विद्यार्थीहरुको भनाइ छ । गर्मी बढेसँगै सरुवा रोगको संक्रमण फैलन सक्ने भन्दै चिकित्सकहरुले खानपानमा ध्यान दिन सचेत गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);