चिसो बढेसंगै अस्पतालमा बिरामीको संख्या बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चिसो बढेसंगै अस्पतालमा बिरामीको संख्या बढ्दो

aspatalma birami

काठमाडौं, ४ पौष । मौसममा आएको परीवर्तनसँगै चिसो वढेको छ । चिसो मौसम सुरु भएसँगै जनस्वास्थ्यमा पनि विशेष ख्याल राख्नुपर्छ । चिसोका कारण बालबालिका र बृद्धबृद्धामा छिटो समस्या आउँछ भने दम, बाथ, उच्च रक्तचापसहितका दिर्घरोगीहरुलाई त यो समय जोखिमपूर्ण नैं हुन्छ । त्यसैले चिसोबाट बच्न न्यानो कपडा र स्वास्थ्यको ख्याल राख्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

चिसोका कारण स्वास्थ्य संस्थाहरुमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासका बिरामीको संख्या बढेको छ । चिसोले दम, निमोनिया, उच्च रक्तचाप, रुघाखोकी, घाँटी दुख्ने, हिदयघात जस्ता समस्याले पीडित मानिसहरु बढेको चिकित्सकहरुले बताएका छन । मौसमी तापमान घट्दैछ त्यसैले चिसो बढिरहेको छ । वातावरण चिसिदै जाँदा त्यसँग शरीरको तापमान नमिल्ने भएकोले शरिरमा विभिन्न स्वास्थ्य समस्याहरु देखिन थाल्छन् । यस्ता समस्याले मानीसमा गम्भीर समस्या हुने भएकाले त्यस्तो समस्याबाट बच्न चिसोबाट बच्ने उपाय अपनाउनुपर्ने चिकित्सकको सुुझाव छ ।

चिसोबाट वच्नका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । खानपान र लुुगाफाटो ध्यान पु¥याउन सके चिसोबाट हुने समस्यावाट पनि वच्न सकिन्छ । तर खानापाने हेलचेक्राइ भए चिसो मौसममा रोगको संक्रमण बढ्नसक्ने चिकित्सकको भनाई छ ।

जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हँुदा विभिन्न खालका रोग लाग्ने गर्छ । बदलिदो मौसमसँगै विभिन्न खालका रोगको संक्रमण बढ्ने खतरा पनि बढी हुन्छ, यसबाट बच्नका लागि नियमित व्यायाम र खानापान व्यवहारलाई व्यवस्थित गर्न सके शरिरमा स्फूर्ती बढ्नुका साथै तनाव समेत कम गर्न मद्दत गर्छ ।

त्यसैले न्यानो लुगा लगाउने, बाहिर हिँड्दा भरपर्दो माक्र्सको प्रयोग गर्ने, पौष्टिक खानेकुरा खाने र न्यानो वातवरणमा बस्नसके रोगबाट पनि बच्न सकिन्छ । झोलीलो खाने कुरा खाने, गेडागुडीको रस, माछामासुको रस, सागपात र फलफूल बढी खाने तथा फ्रिजमा राखिएका तथा प्रिजरभेटिभको प्रयोग गरिएका खाद्य बस्तुबाट बच्नसके जाडोमा संक्रमणबाट बच्ने मात्र हैन स्वस्थ जीवन बाच्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);