चिसो बढेसँगै मौसमी रुघाखोकीको जोखिम बढ्यो, शतर्क रहन चिकित्सकको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चिसो बढेसँगै मौसमी रुघाखोकीको जोखिम बढ्यो, शतर्क रहन चिकित्सकको सुझाव

काठमाडौं, २५ मंसिर । जाडोको समयमा मौसमी रुघाखोकी बढ्नु सामान्य मानिन्छ । तर मौसमी रुघाखोकी बढ्दै जाँदा विशेषगरी बालबालिका र वृद्धवृद्धामा छाति सम्बन्धी समस्या समेत देखिने गरेको छ ।

जतिसुकै शतर्कता अपनाएपनि चिसो मौसमका कारण लाग्ने मौसमी रुघाखोकी र यसका कारण हुने श्वासप्रश्वास तथा छाति सम्बन्धी समस्या बढ्ने गरेको छ । विशेषगरी धुम्रपान र मद्यपान गर्नेहरुमा यस्तो खालको समस्या आउने जोखिम उच्च रहेको बताइन्छ ।

मौसमी रुघाखोकी नै बढ्दै गइ छाति सम्बन्धी समस्यामा परिणत हुने र यसले दम बढ्ने, काम गर्न गाह्रो हुने, सास फेर्न समस्या हुने जस्ता जटिल समस्याको रुप लिनसक्छ । यो अवस्था बढ्न नदिन सावधानीका उपाहरु अपाउन छातिरोग विशेषज्ञ डा. निरज बमको सुझाव छ ।

‘चिसोको समयमा छाति जोगाउनु महत्वपूर्ण हुन्छ । यसका लागि धुलो–धुँवा भएको स्थानमा नजाने, मास्कको प्रयोग गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ,’ चिसोको समयमा छाति जोगाउने उपाय सुझाउँदै डा. बमले भन्नुभयो ‘एलर्जी हुने खाना नखाने, तातो खानेकुरा खाने, धुम्रपान तथा मद्यपना नगर्ने गर्नुपर्छ ।’

पछिल्लो समय कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइसकेको छैन । अन्य मौसमी रुघाखोकी र कोरोना संक्रमण लक्षण समेत मिल्दोजुल्दो हुने कारणले मौसमी रुघाखोकीमा समेत विशेष शतर्कता अपनाउनु पर्ने अवस्था छ । रोग लागेर उपचारमा जानु भन्दा रोग लाग्नै नदिनु उपयुक्त हुने भएकाले सुरक्षाका उपाय अपनाउन चिकित्सकको सुझाव छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);