काठमाडौंमा मौसमी रुघाखोकीका बिरामी बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंमा मौसमी रुघाखोकीका बिरामी बढ्दै

फूलमाया आले
काठमाडौं, १० माघ । देशभर चिसो बढ्दै गएसँगै उपत्यकाका अस्पतालहरूमा चिसोका कारण मौसमी रुघाखोकीका बिरामी बढ्दै गएका छन् । राजधानीका अस्पतालहरुमा रुघाखोकी, झाडापखाला, निमोनिया, दम, ज्वरो आदिका बिरामीको चाँप देखिएको छ । धेरै बिरामीहरू घाँटी दुख्ने, श्वास प्रश्वास तथा छातीसम्बन्धी समस्या लिएर आउने गरेका चिकित्सकहरुको भनाई छ ।

टेकु स्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा मौसमी रुघाखोकी एच वान एन वान पिडिएम जेरो नाइन नामक फ्लुको बिरामी बढेको भएपनि यो वर्ष अहिलेसम्म नेपालमा कुनैपनि स्वाइनफ्लुका बिरामी देखिएको छैन ।

मौसमी भाइरलका कारण गर्भवती महिला, एचआईभी, हेपटाइटिस क्षयरोग संक्रमित, अंग प्रत्यारोपण गरेका व्यक्ति र दम लगायतका दीर्घरोगका बिरामी, वृद्धवृद्धा तथा बालबालिका बढी जोखिममा पर्न सक्ने चिकित्सकहरुको भनाई छ । संक्रमित व्यक्ति जोखिम समूहको भए सकेसम्म छिटो अस्पताल गएर चेकजाँच गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

चिसोको कारण सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखिने हुनाले शरीरलाई सकेसम्म चिसोबाट जोगाउनुपर्ने चिकित्सकहरु बताउँछन । अचानक ज्वरो आउनु, खोकी लाग्नु, छाती दुख्नु, पातलो दिसा लाग्नु आदि मौसमी रुघाखोकीका लक्षण हुन । यसमा समयमै सतर्क रहे जटिल अवस्था नआउने चिकित्सकको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);