लम्बिँदै मौसमी रुघाखोकी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

लम्बिँदै मौसमी रुघाखोकी

dhulo dust

काठमाडौं, २६ फागुन । सिफलकी रमा राणा तीन सातादेखि निरन्तर खोकीले प्रभावित छिन् । सुरुमा दुई साता रुघाखोकी र ज्वरोले सतायो । चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म औषधि खाएपछि सन्चो पनि भयो । तर फेरि केही दिनपछि सुक्खा खोकी सुरु भयो । कडा खालका औषधि सेवन गर्दा पनि उनलाई निको भएको छैन।

मौसम परिवर्तन हुने समयमा धेरैले भोग्ने र सामान्य ठान्ने मौसमी रुघाखोकी (सिजनल फ्लु) आक्रामक बन्दैछ । भाइरस (फ्लु) ले स्वरुप बदल्नु, धेरै प्रकारका भाइरसको संक्रमण एवं नयाँ भाइरसको प्रवेशसँगै देखापरेको यस्तो रुघाखोकी लामो समयसम्म निको नहुनुमा वातावरण प्रदूषण पनि एक कारक भएको चिकित्सक बताउँछन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्ला दिनमा रुघाखोकी लगातार लागिरहने र निको भएको केही दिनमै फेरि दोहोरिने समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको छ ।

डा. पुनका अनुसार कतिपय ‘लिट्रेचर’ हरुमा समेत देखिएको तर नेपालमा प्रमाणित भइनसकेको ‘पोस्ट भाइरल कफ’ का कारणसमेत यस्तो समस्या देखिएको हुनसक्छ । ‘यसले ३ सातादेखि ८ सातासम्म संक्रमण गराउँछ’, उनले भने।

सामान्यतः मौसम परिवर्तनका बेला ‘ए’ जातिका भाइरसको संक्रमणले यस्तो गराउँछ । कुनै समयमा स्वाइन फ्लुको नामले चिनिने एच१एन१ प्रजातिको भाइरस पनि इन्डेमिक साधारण रुपमा फैलिरहने भाइरसमा परिवर्तन हुनु र रुघाखोकीमा सावधानी नअपनाइनुले जोखिम बढ्दै गएको चिकित्सक बताउँछन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);