कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कालाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कालाई कोरोना संक्रमण

corona virous

सुर्खेत, ८ कार्तिक । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण देखिएको छ । लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा. सन्जु खड्काका साथै छोरालाई पनि कोरोना देखिएको बताउनुभयो । कोरोनाका लक्षणहरू देखिएकोले उपचार पनि गरिरहेको उहाँको भनाइ छ ।

“अहिले सम्म अबस्था सामन्य छ, डाक्टर खड्काले भन्नुभयो, सामन्य रुघाखोकी बाहेक अहिलेसम्म कुनै जटिल खालको लक्षण देखिएको छैन,।

हालसम्म कर्णाली प्रदेश अस्पतालमा कार्यरत १८ जना चिकित्सकमा कोरोना देखिएको छ । संक्रमण देखिएका सबै निको भैसकेका छन् । कर्णाली प्रदेश अस्पतालमा वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);