नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो, ६६ हजार भन्दा बढीको नमूना परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो, ६६ हजार भन्दा बढीको नमूना परीक्षण

corona baisakh 9 update

काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगञ्जका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ८२ पुगेको हो ।

नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले ९ वर्षिया बालिकासहित ३२, ३४ र ५५ वर्षिया महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।

नेपालमा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या प्रदेश नम्बर १ मा ३१ जना रहेका छन् ।कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ८ सय ५० जनाको नमूना परीक्षण भएको छ ।त्यसैगरी आरडिटी विधिबाट ५२ हजार २ सय २७ जनाको परीक्षण भएको छ ।

देशैभर गरी अहिले क्वारेन्टाइनमा २१ हजार ९९ जना रहेका छन् । उपत्यकामा २ र बाहिर १ सय १८ गरी १ सय २० जना आइसोलेशनमा रहेका छन् ।

कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि पिसिआर परीक्षण सुरु गरिएको छ । यो सँगै नेपालमा १८ प्रयोगशालाबाट पिसिआर विधिबाट नमुना परीक्षण सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);