६४ हजार ४ सय भन्दा बढीको कोरोना भाइरसको नमूना परीक्षण : स्वास्थ्य मन्त्रलाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

६४ हजार ४ सय भन्दा बढीको कोरोना भाइरसको नमूना परीक्षण : स्वास्थ्य मन्त्रलाय

corona press meet 22

काठमाडौं, २२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ६४ हजार ४ सय ८५ जनामा कोरोना भाइरसको नमूना परीक्षण भएको जनाएको छ । सोमवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले उक्त जानकारी दिनुभएको हो ।

प्रवक्ता देवकोटाका अनुसार स्वाव परीक्षण, पिसिआर विधिबाट १३ हजार ६ सय ४० र र्यापिड डाइगोनोष्टिक आरडिटी विधिबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण भएको छ । नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना संक्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् ।

कुल संक्रमितको संख्या ७५ पुग्दा प्रदेश नम्बर १ मा मात्रै ३१ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताउनुभयो । यसैगरी प्रदेश नम्बर ५ मा १७ र प्रदेश नम्बर २ मा १३ जनामा संक्रमण देखिएको छ । यस्तै बागमती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको उल्लेख गर्नुभयो ।

संक्रमित ७५ जनामध्ये ५८ पुरुष र १६ जना महिला रहेका छन् । जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५९ जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ ।

प्रवक्ता देवकोटाका अनुसार उनीहरु सबैको अवस्था सामान्य रहेको छ । देशभरी गरेर अहीले २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);