नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

coronavirus test

काठमाडौं, २५ असार । नेपालमा कोरोना भाईरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । बिहीबार १ सय ८ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी १ सय ८ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार हालसम्म कुल संक्रमित मध्ये ७ हजार ८ सय ९१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बिहीबार पीसीआर विधिबाट ४ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण भएको छ ।

यो समेत गरी बिहीबारसम्म २ लाख ७१ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । अहिले देशभरीका आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका छन् भने क्वारेन्टीनमा २४ हजार ४ सय २५ जना रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);