नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

coronavirus test

काठमाडौं, २४ वैशाख ।  नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्साका १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुना मध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो ।

यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

मन्त्रालयका अनुसार कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएका छन् । अहिले उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन । देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);