थप दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

थप दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

coronavirus test

कपिलवस्तु, २५ वैशाख। कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित नागरिक कपिलवस्तु नगरपालिका वडा नं. ८ का रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो वडा साविक दोहनी गाविस हो ।

तौलिहवा लुम्बिनी सडकखण्डमा पर्ने वडा नं. ८ सदरमुकाम तौलिहवाबाट नजिकै छ ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ ।

ताजा समाचार