कोरोना भाईरस रोकथामको लागि नगरपालिकाले निशुल्क स्वास्थ्य उपचार गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना भाईरस रोकथामको लागि नगरपालिकाले निशुल्क स्वास्थ्य उपचार गर्ने

बारा।बाराको माहागढिमाई नगरपालिकाले कोरोना भाईरस रोकथामको लागि आफ्नो सम्पूर्ण नगरबासिलाई निशुल्क स्वास्थ्य उपचार गर्ने तथा औषधि बितरण गर्ने भएको छ।कोरोना भाईरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो भएकोले नगरभित्रको सम्पूर्ण घरमा पिसिआर चेकजाँच गर्दा दुई देखि तिन जना कोरोना सक्रिय संक्रमित फेला पर्न थालेपछि निशुल्क स्वास्थ्य उपचार गर्ने भएको हो ।
त्यसलाई रोकथाम गर्ने उद्देश्यले यहि जेष्ठ १ गतेदेखि आफ्नो नगरपालिका भित्रका ११ वटा स्वास्थ्य चौकी र २ वटा अस्पताल मार्फत टाईफाईड ज्वरो भएकालाई निशुल्क टाईफाईड ईन्जेक्सन लगाउने तथा रुघाखोकी लागेकालाई निशुल्क कफसिरफ बितरण गर्न लागिएको माहागढिमाई नगरप्रमुख उपेन्द्र यादवले बताएका छन।

नगरभित्र रहेको २ वटै अस्पताल गँजभवानिपुर र बरियापुर अस्पतालबाट यस नगर भित्रका सम्पुर्ण नगरबासिलाई निशुल्क पाथोलोजि ल्याब टेष्ट पनि गरिने बताए । साथै टाईफाईड ज्बरो भएकालाई निशुल्क औषधि उपचार गरिने पनि नगरप्रमुख यादबले बताए ।

यहि बैशाख २५ गतेदेखि २० शैयाको अक्सिजन सहितको आईसोलेन पनि यस नगरपालिकाले सँचालन गर्ने गरी तैयारी गरीरहेको जानकारी समेत यादबले दिएका छन।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);