बृद्धाश्रममा निशुल्क आँखा शिविर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बृद्धाश्रममा निशुल्क आँखा शिविर

गोपाल भट्टराई, १८ बैशाख दाङ ।
दाङ बृद्धाश्रममा निशुल्क आँखा शिशिविर सञ्चालन गरिएको छ । जेष्ठ नागरिकहरुको आखाको समस्या हटाउन शिविर सञ्चालन गरिएको हो । शिविरमा १८ जना बृद्धबृद्धाहरुले निशुल्क रुपमा आंखाको चेकजांच गराएका छन् । आंखा जांच संगै उनीहरुले संपुर्ण उपचार निशुल्क समेत पाउने भएका छन् ।

बृद्धाश्रममा निशुल्क आँखा शिविर

 

 

गोपाल भट्टराई, १८ बैशाख दाङ । दाङ बृद्धाश्रममा निशुल्क आँखा शिशिविर सञ्चालन गरिएको छ । जेष्ठ नागरिकहरुको आखाको समस्या हटाउन शिविर सञ्चालन गरिएको हो । शिविरमा १८ जना बृद्धबृद्धाहरुले निशुल्क रुपमा आंखाको चेकजांच गराएका छन् । आंखा जांच संगै उनीहरुले संपुर्ण उपचार निशुल्क समेत पाउने भएका छन् । शिविरमा स्क्रिनिङ गरीएका मोतिया विन्दुका विरामीहरुको समेत निशुल्क शल्यक्रिया हुने भएको छ । एक दिने निशुल्क आंखा शिविरमा बृद्धबृद्धाहरुले बृद्धाश्रममै निशुल्क उपचार सेवा पाएकोमा खुसी व्यक्त गरेका थिए । राप्ती आंखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग, तथा तुलसीपुर सिटि हस्पीटल, लायन्स क्लव अफ दाङ, पाल्पाली मेडिको तथा रोट्रयाक क्लव अफ तुलसीपुरको सहयोगमा तथारिपोटर्श क्लवको आयोजनामा शिविर भएको थियो ।

 

शिविरमा राप्ती आंखा अस्पताल तुलसीपुरका वरीष्ठ नेत्र सहायक शालिकराम गौतमले बृद्धबृद्धाहरुको आंखा परीक्षण संगै अन्य स्वास्थ्य सुझाव समेत दिएका थिए । आंखा जांचका क्रममा बृद्धाश्रममा रहेका सवै बृद्धबृद्धाहरुमा आंखाको समस्या देखिएको थियो । अर्काेपटक उनीहरुलाइ निशुल्क रुपमा बृद्धाश्रममै आएर राप्ती आंखा अस्पतालमा लगी निशुल्क सल्यक्रिया गरीने भएको छ । बृद्धाश्रममै निशुल्क आंखा जांच र औषधि पनि निशुल्क रुपमा पाएकोमा त्यहांकि बृद्धा शुशिला घर्तिले भनिन् । ‘मर्ने वेलामा पनि आंखादान गर्ने इच्छा छ, तपाइहरु बर्षेनी बृद्धाश्रममा आइदिनुहोला’—शुशिलाले भनिन् ।

 

त्यसो त उनलाइ अघिल्लो बर्ष पनि यहिं आंखा जंचाएर रक्षाचौरमा गएर निशुल्क आंखाको मोतियाविन्दु अप्रेशन गरेको याद अझै ताजा छ । त्यसैगरी गोविन्द प्रसाद भट्टले पनि आफुले आंखा देख्न छाडेको भन्दै अप्रेशन गरेर आंखा देख्ने बनाइदिन आग्रह गरेका थिए । साथै उनले जिवन भन्दा आंखा प्यारो भएको अभिव्यक्ति दिए । शिविरमा जांच गरीएका विरामीहरुमा चार जना बृद्धबृद्धाहरुको मोतियाविन्दुको शल्यक्रिया गर्न आवस्यक रहेको वरीष्ठ नेत्र सहायक शालिकराम गौतमले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);