अनियमित विद्युत कटौतीले खोप सेवा प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अनियमित विद्युत कटौतीले खोप सेवा प्रभावित

नरी बडु, १८ बैशाख बैतडी ।
जिल्लामा एक हप्ता अघिदेखि विद्युत सेवा अनियमित हुदा बालवालिका तथा गर्भवती आमाहरुलाई लगाईने खोप सेवा प्रभावित भएको छ । खोपलाई फ्रिजमा राख्नुपर्ने भएकाले सेवा प्रभावित बनेको जिल्लाको दोगडाकेदार

अनियमित विद्युत कटौतीले खोप सेवा प्रभावित

नरी बडु, १८ बैशाख बैतडी ।

जिल्लामा एक हप्ता अघिदेखि विद्युत सेवा अनियमित हुदा बालवालिका तथा गर्भवती आमाहरुलाई लगाईने खोप सेवा प्रभावित भएको छ । खोपलाई फ्रिजमा राख्नुपर्ने भएकाले सेवा प्रभावित बनेको जिल्लाको दोगडाकेदार गाँउपालिका– ३ मा रहेकोे श्रीकोट स्वास्थ्य चौकिका प्रमुख विरसिह भाटको भनाई छ । “भ्याक्सीनहरु २४ सै घण्टा चिसोमा राख्नुपर्ने भएपनि अनियमित विद्युत कटौतीले गर्दा खोप सेवा प्रभावित भएको छ” भाटले भने ।

 

श्रीकोट लगायत जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा समेत खोप सेवा दिन समस्या भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीकोे लापरवाहीका कारण श्रीकोट लगायत जिल्लाका अन्य ठाँउमा पनि विद्युत अनियमित कटौती हुने गरेको स्थानीय को गुनासो छ । विद्युत आपुर्ति नहुदा एक हप्ता यतादेखि फोन समेत चार्ज गर्न नपाएको जिल्लाको दुर्गास्थानका स्थानीय हरीस बडुले बताए ।

 

अवरुद्ध हुने समस्याका कारण सञ्चार माध्यम एफएम÷रेडियो तथा पत्रपत्रिकाको नियमित प्रकाशन तथा प्रसारणमा समेत अनियमितता अआएको छ जिल्लाबाट दैनिक तथा साप्ताहिक रुपमा प्रकाशन हुने पत्रिकाहरु समेत अनियमित रुपले प्रकाशन हुन थालेका छन् । बत्ती नहुँदा कम्प्युटरबाट हुने कामकाज रोकिपछि नागरिकता तथा अन्य सरकारी सेवा लिन आउने सेवाग्राही खाली हात फर्कन बाध्य छन् ।

 

एता विद्युत प्राधिकरणले सामान्य पोल गाढेर विद्युतिकरण गरिएकोले हावाहुरी आउँदा पोल ढल्ने तथा तार चुँडिने समस्याले आपूर्ति बन्द हुने र तत्कालै मर्मत गर्न नसक्दा नियमित विद्युत सेवा दिन नसकिएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);