रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादीयुक्त आँप बिक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादीयुक्त आँप बिक्री

राकेश यादव ,२३ बैशाख रौतहट ।
रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादी प्रयोग गरेर पकाइएको आँप बिक्रि भइरहेको छ । छिमेकी देश भारतका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उद्देश्यका साथ मौसम र सिजन विपरित विषादि प्रयोग गरी पकाएका आँप बजारमा बेचिरहेका छन । रसायनको मद्दतले जबरजस्ति पहेलो बनाएर भारतबाट नेपालका बजारमा

रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादीयुक्त आँप बिक्री

राकेश यादव ,२३ बैशाख रौतहट ।

रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादी प्रयोग गरेर पकाइएको आँप बिक्रि भइरहेको छ । छिमेकी देश भारतका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उद्देश्यका साथ मौसम र सिजन विपरित विषादि प्रयोग गरी पकाएका आँप बजारमा बेचिरहेका छन । रसायनको मद्दतले जबरजस्ति पहेलो बनाएर भारतबाट नेपालका बजारमा ल्याईएका त्यस्ता आँपहरु खादा मानिसलाई रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा बिभिन्न समस्या आउन सक्ने डाक्टर सुवास चौधरीलले बताउनुभयो ।

 

विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगाएतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने बताइएको छ । त्यस्ता बिषादी युक्त खाद्य पदार्थहरु खुलेयाम रुपमा बिक्री वितरण भए पनि रौतहटको प्रशासन मुखदर्शक बनेर बसेका छन । उपभोक्ताहरुको स्वास्थ्य माथि गम्भिर खेलवाड भएकोप्रति प्रहरी प्रशासन र खाद्य तथा गुण नियन्त्रण कार्यालय मौन रहेको र याहाका जनता त्यस्ता शिक्षित नभएका कारण हाम्रो स्वास्य सित खेलवाड भइरहेको यहाँका स्थानिय गुडु ठाकुरले बताएका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);