तराइमा विषादी प्रयोग गरेर पकाइको आँप बिक्रीवितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तराइमा विषादी प्रयोग गरेर पकाइको आँप बिक्रीवितरण

mango

राकेश यादव,
रौतहट, १४ जेठ । तराइमा विषादी प्रयोग गरेर पकाइको आँप बिक्रीवितरण बढेकोे छ । व्यापारीहरले धेरै नाफा हुने भन्दै भारतबाट विषादी प्रयोग गरिएको आँप नेपाल ल्याएर बेच्ने गरेका छन् । भन्सार कार्यालयले कडाइ नगर्दा भारतबाट विषादी प्रयोग गरेको आँप नेपाल आयत हुने गरेको छ ।

तराइमा नेपालको आँप नै प्रशस्त पाइन्छ । तर व्यापारीहरुले धेरै नाफा हुने भन्दै विषादी प्रयोग गरेर पकाइएको आँप भारतबाट आयात गरेरे बेच्ने गरेका छन् । खुल्ला सीमा नाका र भन्सार कार्यालयले कडाइ नगर्दा विषादी प्रयोग गरिएको आँप नेपालमा आयत हुने गरेको छ ।जसको मारमा उपभोक्ता परेका छन् । विषादी प्रयोग गरेको आँपका कारण उपभोक्तको स्वास्थयमा असर पर्न थालेको चिकित्सकहरु बताउछन् ।

विषदी मिसिएको फलफूल बिक्रीवितरण हुँदापनि सम्बन्धित निकायले अनुगमन र नियन्त्रणमा चासो दिएको छैन । विषादी प्रयोग गरिएको फलफूल आयतमा भन्सार कार्यालयले कडाइ गर्नुपर्ने सरोकारवालाको भनाइ छ । स्थानीय तहले बजार अनुगमन गरेर विषादी प्रयोग भएका फलफूल बिक्री वितरण नियन्त्रण गर्ने प्रतिक्रिया दिएको छ । भारतबाट आयत गरिएको फलफूलको गुणस्तर समेत जाँच हुने गरेको छैन । विषादी प्रयोग गरिएको फलफूल आयतमा रोक लगाउन उपभोक्ताले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);