बजारमा पाइने अधिकांश फलफुलमा विषादीको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बजारमा पाइने अधिकांश फलफुलमा विषादीको प्रयोग

फलफुलमा विषादीको प्रयोग

पुष्पा पोखरेल
काठमाडौं, ८ जेठ । खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट भयो भनी उपभोक्ताको गुनासो आइरहेको बेला बजारमा भेटिने अधिकांश फलफुलमा विषादीको प्रयोग भएको पाइएको छ । मौसमी फलफुल बेमौसममा नै विषादी प्रयोग गरी पकाएर बजारमा ल्याएको पाइन्छ । जनस्वास्थ्यमा प्रत्यक्ष खेलवाड हुँदा पनि अनुगमन गर्ने निकाय मौन रहँदा उपभोक्ता मारमा परेका छन् ।

असारको तेस्रो हप्तादेखि चौंथो हप्तामा पाक्ने आँप बैशाख महिनादेखि नै बजारमा छ्यापछ्याप्ती पाइन्छ । भुईकटहर, केरा, खरवुजा लगायतका फलफूल समय अगावै बजारमा पाइन्छ । यसरी समय अगावै बजारमा ल्याइने फलफूलमा विषादीको प्रयोग गरी पकाएको पाइन्छ । जुन विषादी प्रयोग गरिएको फलफूल उपभोक्ताहरुले दिनदिनै खरिद गरी खाइरहेका छन् ।

बेमौसमी फलफुलमा हानिकारक रसाएन हुने भएकाले त्यस्ता फलफुल खाँदा मानव स्वास्थ्यमा गम्भिर असर पर्र्ने चिकित्सकहरुले बताएका छन् । कार्वाेईड नामक रसाएनले काँचो आँपलाई चौविस घण्टा भित्रै पकाएर पँहेलो बनाउँछ । व्यापारीले बढी लाभ लिन यसरी औषधी राखेर पकाएको फलफूल सर्वसाधरण बाध्य छन् ।

नेपालमा फलफूल या तरकारीमा राख्ने कति विषादी आयात हुन्छ यकिन तथ्यांक भेटिदैन । तर पछिल्लो समय विषादीको आयात डारलाग्दो रुपमा वृद्धि भइरहेको र नियन्त्रण नभएको सरोकारवाला बताउंँछन ।

फलफुल खानु अघि सफा पानीले राम्ररी धुन र पानीमा केहि मिनेट भिजाउन चिकित्सकको सुझाव छ । यसले बोक्राको रसाएन पानीले पखालिने र स्वास्थ्यमा कम हानी हुने चिकित्सकहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);