मुलुकलाई समृद्ध बनाउन व्यवसायलाई प्रवर्द्धन गर्नुपर्छ : पूर्वमन्त्री पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मुलुकलाई समृद्ध बनाउन व्यवसायलाई प्रवर्द्धन गर्नुपर्छ : पूर्वमन्त्री पाण्डे

काठमाडौं, ८ जेठ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवसायलाई प्रवर्द्धन गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट पार्नु भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहनु भएका पाण्डेले मुलुकलाई समृद्ध बनाउन व्यवसायलाई प्रवर्द्धन गरेर अघि बढ्ने खालको आर्थिक नीति तथा बजेट ल्याउन पनि सरकारलाई सुझाव दिनु भयो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले व्यवसायलाई निरुत्साहित हुने खालका गतिविधि सरकारी तहबाटै भएकाले नेपालको समृद्धि हुन नसकेको तर्क पनि गर्नु भयो ।

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भने मुलुकलाई समृद्ध बनाउन सडकको पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिनु भयो । उहाँले पूर्वाधारको विकास गरेर मुलुकमा कायम रहेको आर्थिक वृद्धिदरलाई दीगो बनाउन सकिने पनि स्पष्ट पार्नु भयो । पूर्व अर्थमन्त्री कोइरालाले सरकारले रेल सेवामा भन्दा पनि सडक यातायातको विकासमा जोड दिएर आवश्यक योजना तय गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);