पूँजी परिचालन र सुशासनमा जोड दिन नारायणकाजीको सुझाव | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

पूँजी परिचालन र सुशासनमा जोड दिन नारायणकाजीको सुझाव

काठमाडौं, २९ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुक भित्रै रहेको पूँजी परिचालन र सुशासनमा जोड दिन सरकारलाई सुझाव दिनु भएको छ ।

प्रवक्ता श्रेष्ठले पूँजी परिचालन गर्ने क्षमताको विकास नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पार्नु भयो । बुधबार ललितपुरमा सानो पाईला नामक संस्थाले संचालनमा ल्याएको ‘काश्य ज्वेलरी’ शोरुमको उद्घाटन गर्दै उहाँले वैदेशिक लगानीमात्रै भित्र्याएर मुलुकको विकास र समृद्धिको कामलाई तीव्रता दिन सकिन्छ भन्ने सोच सही नभएको पनि स्पष्ट पार्नु भयो ।

प्रवक्ता श्रेष्ठले देशभित्रै उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्धिको अभियानमा अघि बढाउन युवाहरुलाई पनि आह्वान गर्नु भयो ।

प्रवक्ता श्रेष्ठले सरकार एक्लैको प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन नसकिने पनि दोहो-याउनु भयो । उहाँले व्यापारलाई समाज सेवाको अंगको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);