विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने सरकारको तयारी

girirajmani pokhrel

काठमाडौं, २९ जेठ । सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ–नयाँ प्रविधिलाई भित्र्याएर मुलुकलाई समृद्ध बनाउने गरी सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरिरहेको जानकारी दिनु भएको हो ।

उहाँले विज्ञान र प्रविधिको क्षेत्रमा बजेटको कमी हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । ललितपुरमा आयोजित २ दिने विज्ञान सडक मेलाको बुधबार समापन गर्दै मन्त्री पोखरेलले भएको बजेट सदुपयोग गरेर विज्ञान र प्रविधिको क्षेत्रको विकासमा लागि पर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनु भयो ।

मन्त्री पोखरेलले सरकारले मुलुकको राष्ट्रिय उत्पादनमा वृद्धि गर्न पनि विज्ञान तथा प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पार्नु भयो । विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ–नयाँ प्रयोगबारे सर्वसाधारणलाई पनि जानकारी दिने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सो मेला आयोजना गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);