आजदेखि सार्क युवा वैज्ञानिकहरुको सम्मेलन शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आजदेखि सार्क युवा वैज्ञानिकहरुको सम्मेलन शुरु

saarc baigyanik sammelan

काठमाडौं, २२ जेठ । बुधवारदेखि नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन शुरु भएको छ ।

प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सो सम्मेलन शुरु भएको हो । सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभव साटासाट गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन गर्दै नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिवी हटाउने गरी विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न युवा वैज्ञानिकहरुलाई आह्वान गर्नु भयो । उहाँले सरकारले विज्ञान र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको स्पष्ट पार्दै सोही अनुसारको वैज्ञानिक खोज तथा अनुसन्धानमा लाग्नुपर्नेमा पनि जोड दिनु भयो ।

२ दिनसम्म चल्ने सम्मेलनमा जर्मनी, बेलायत, फिनल्याण्डसहितका देशका युवा वैज्ञानिकहरु सहभागी रहेका छन । सम्मेलनमा १६ वटा अन्तराष्ट्रिय युवा वैज्ञानिकहरुको कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरी नेपालका ३५ जना युवा बैज्ञानिकहरुले पनि विज्ञान तथा प्रविधिको विकासमा केन्द्रित भएर आफ्नो कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);