नेपाली वैज्ञानिकहरु विदेश पलायन हुने क्रम बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेपाली वैज्ञानिकहरु विदेश पलायन हुने क्रम बढ्दो

पुष्पा पोखरेल
काठमाडौं, ७ असार । सरकारले यस पटक विज्ञान र प्रविधिको लागि प्रशस्त बजेट छुट्याएको दावी गरेको छ । वैज्ञानिक शिक्षा र विज्ञान प्रविधिको विकास गर्नु पर्छ भनि राजनीतिक रुपमा चर्काचर्का भाषणवाजी वर्षाैदेखि हुँदै आएको बेला सरकारले यसपटक वजेट प्रशस्त छुट्याएको दाबी गरेको हो । यस पटक शिक्षा, विज्ञान तथा प्रविधिका लागि भनी १ खर्ब ६३ अर्ब ८७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले बजेट यसरी विनियोजन गरे पनि विद्यालय शिक्षाको लागि कति, विश्वविद्यालय शिक्षाको लागि कति र विज्ञान तथा प्रविधिको विकासका लागि कति भनी छुट्याएको भने छैन । तर मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न भनेर १ अर्ब १० करोड बजेट विनियोजन गरेको छ ।

कहिलेसम्म विश्वविद्यालय स्थापना गरिसक्ने त्यो कुरा समयसीमा किटान गरिएको छैन । नेपालमा विज्ञान र प्रविधिको विकासको लागि प्रशस्त बजेट, ठोस योजना र कार्यक्षेत्र नहुँदा युवा वैज्ञानिकहरु पलायन हुने गरेका छन् । प्रत्येक वर्ष सयौं युवा वैज्ञानिक स्वदेशमै उत्पादन हुने गर्छ तर नतिजा उत्पादनको दश जना पनि जनशक्ति स्वदैशमा वस्न रुचाउँदैनन् ।

विश्वका विकसित देशहरुको आर्थिक विकासको प्रमुख आधार विज्ञान र प्रविधिको व्यापारीकरण नै हो । विकासको हतियार पनि प्रविधिको विकास नै हो । सरकारले पहिलो पञ्चवर्षिय योजना २०१३ देखि २०१८ बाट नै विज्ञान र प्रविधिको योजनालाई समावेश गरेको पाइन्छ ।

अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालमा झण्डै १ लाख वैज्ञानिक उत्पादन भएको देखिन्छ । तर नेपाल बस्ने वैज्ञानिकको संख्या अत्यन्त न्यून छ । विदेश पलायन हुनेको संख्या बढ्दो छ । वर्षेनी छरिएर आउने बजेट पनि छ । कार्यक्रम पनि छ । तर ति सबै बजेट र कार्यक्रमहरु भने बालुवामा पानी खनाए जस्तो भएको वैज्ञानिकहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);