शिक्षा तथा विज्ञान क्षेत्रमा १ खर्ब ६३ अर्ब बजेट विनियोजन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

शिक्षा तथा विज्ञान क्षेत्रमा १ खर्ब ६३ अर्ब बजेट विनियोजन

yubraj

काठमाडौं, १५ जेठ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रुपैया बजेट विनियोजन गरेको छ । एक विद्यालय एक खेलकुद शिक्षक व्यवस्थाको थालनीका लागि सरकारले ५ अर्ब विनियोजन गरेको छ ।

३ सय विद्यालय भवन निर्माण र कक्षा कोठा विस्तारका लागि ८ अर्ब ५३ करोड विनियोजन गरिएको छ । विद्यालय तहसम्मको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन भएको छ । समायोजन भएका सामुदायिक विद्यालयका लागि ४७ करोड बजेट छुट्याईएको छ ।

चिनौ आफ्नै माटो बनाउ आफ्नै देश अभियान संञ्चालन गरि प्राविधिक विषयमा स्नातकोत्तर तथा स्नातक युवालाई शिक्षक विद्यार्थीलाई अनुपात धेरै भएका विद्यालय र नपुग शिक्षक भएका विद्यालयमा स्वयम सेवकको रुपमा परिचालन गर्नका शिक्षण सिकाई अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

शिक्षण सिकाई प्रभावकारी बनाउन रंगिन पाठ्यपुस्तकका लागि २ अर्ब २१ करोड रुपैया विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाका लागि २ सय १२ स्थानीय तहमा २६ करोड विनियोजन गरिएको छ ।

दिवा खाजाका लागि ४३ जिल्लाका २२ लाख २९ हजार बालबालिकालाई ५ अर्ब ९५ करोड विनियोजन गरिएको छ र सो रकम बालबालिकाका आमा मार्फत उपलब्ध गराइने भएको छ । देशभरिका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटेरी प्याड उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ । ८३ हजार युवालाई सिपमुलक तालिमका लागि १ अर्ब ७२ करोड विनियोजन गरिएको छ । विश्व विद्यालय अनुदान आयोग मार्फत दिईने अनुदान बढाएर १७ अर्ब ६४ करोड पुर्याईएको छ ।

मदन भण्डारी प्रविधि विश्वविद्यालयका लागि १ अर्ब १० करोड विनियोजन गरिएको छ भने सरकारले हरेक प्रदेशमा विधिविज्ञान प्रयोगशाला स्थापना गर्ने गरि बजेटको व्यवस्था गरेको छ ।

आगामी आर्थिक बर्षका लागि सामाजिक रुपान्तरण र आर्थिक विकासको आधार स्तम्भको रुपमा रहेको शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो । मात्तृभाषा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाईनुको साथै, राष्ट्रपति शैक्षिक सेवा कोष स्थापना गरि सामुदायिक विद्यालयको पुर्नसंरचना र गुणस्तर विस्तारलाई जोड दिईएको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);