५ महानगरभन्दा काठमाडौंको बजेट बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

५ महानगरभन्दा काठमाडौंको बजेट बढी

कुन महानगरको कति ? 

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ काठमाडौं महानगरपालिकाको बजेट ५ वटा महानगरपालिकाको भन्दा बढी भएको छ । देशभर ६ वटा महानगरपालिका छन् । आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । ललितपुर महानगरपालिकाले ६ अर्ब ५ करोड, भरतपुरले ६ अर्ब ३१ करोड, विराटनगरले ३ अर्ब २८ करोड र पोखराले ८ अर्ब ७७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

ती महानगरको बजेट काठमाडौं महानगरको बराबर छ । वीरगन्ज महानगरपालिकाको ४ अर्ब १० करोड छ । महानगरले अन्य स्थानीय निकायलाई सहयोग गर्ने गरी बजेट व्यवस्थापन गरेको छ । महानगरले सहरी सौन्दर्य, खेलकुद, स्वास्थ्य, फोहोर व्यवस्थापन, शिक्षालगायतका क्षेत्रमा मनग्य रकम विनियोजन गरेको छ ।

कामपाको बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १३औं बैठकमा महानगरपालिकाको आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण पेस गर्नुभएको हो ।

कामपाले आगामी वर्ष सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाँडफाँटतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपियाँ आम्दानी हुने जानकारी दिनुभएको छ । कामपाले नीति तथा कार्यक्रम पारित गरेको दुई दिनपछि बजेट सार्वजनिक गरेको हो ।

महानगर गौरवका १० योजनाका लागि ३ अर्ब ८० करोड, महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाहरूमा २ अर्ब रुपियाँ विनियोजन भएको छ । वडाहरूबाट तोकिएका सीमाको अधीनमा रही खर्च गर्ने गरी १ अर्ब ७६ करोड रुपियाँ विनियोजन भएको छ । महानगरपालिकाले गरिखाने शिक्षा, महानगरको इच्छा योजनाअन्तर्गत कार्यक्रम सञ्चालनका लागि ५० करोड विनियोजन गरेको छ ।

महानगरपालिकालाई हराभरा र सुन्दर बनाउन ५ करोड, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजनाअन्तर्गत शहरी स्वास्थ्य क्लिनिकहरूको प्रवद्र्धन गर्न ३५ करोड, सहुलियत मूल्यमा औषधि उपलब्ध गराउने योजनाअन्तर्गत ६ करोड, नगर अस्पताल सञ्चालन गर्न लागि १० करोड र स्वच्छ भान्छा कार्यक्रमका लागि ३ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ ।

कामपाले सामुदायिक विद्यालयका शिक्षकहरूले मासिक तलब पाउने व्यवस्था गरेको छ । त्यसका लागि ३० करोडको शोध भर्ना कोष खडा गरिएको छ । त्यसै गरी प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणासमेत गरेको छ । तर, कति वृद्धि गर्ने भन्ने चाहिँ खुलेको छैन । कामपाले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपियाँ विनियोजन गरेको छ ।

यसअन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपियाँ खर्च गरिनेछ । यसै गरी सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपियाँ विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापनसमेत गरिने छ ।

महानगरपालिकाले यो शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीका लागि ९० घन्टाको छोटो अवधिको सीपमूलक एग्रिकल्चर एन्ड अर्वान फार्मिङ, ब्युटिसियन एन्ड हेयर स्टाइल, कारपेन्ट्री एन्ड उड कार्भिङलगायत १० वटा तालिम सञ्चालन गरिरहेको छ ।

चालु आर्थिक वर्षमा कक्षा ८ सम्म दिवा खाजाका लागि प्रतिविद्यार्थी २५ रुपियाँ छुट्याएको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । ‘धुलोरहित काठमाडौं’ कार्यक्रम सञ्चालन गर्न १ अर्ब, पूर्वाधार एम्बुलेन्सका लागि २५ करोड, सरसफाइ उपकरण खरिद गर्न २७ करोड, नदीहरूको नियमित सफाइ गर्न ७ करोडसहित वातावरण व्यवस्थापन शीर्षकमा ८७ करोड ९३ लाख विनियोजन गरेको छ ।

सडक सुरक्षामा १० करोड, श्रम बैंक स्थापना गर्न १० करोड, न्या चौचारी कार्यक्रमका लागि १ करोड, सुशासनका लागि अनलाइन कार्यक्रमका लागि १५ करोड, महानगर टेलिभिजन स्थापना गर्न ५ करोड, हरियाली प्रवद्र्धन शीर्षकमा ५० करोड, एक वडा एक नमुना उद्यम कार्यक्रमका लागि १ करोड, एक टोल एक खेलकुद पूर्वाधार शीर्षकमा १० करोड ५० लाख विनियोजन गरेको छ । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);