खर्च हुन नसकेको एक अर्ब रुपैयाँ मुद्दती खातामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

खर्च हुन नसकेको एक अर्ब रुपैयाँ मुद्दती खातामा

cheque

काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिकाले विकासको क्षेत्रमा विनियोजन गरेको बजेट खर्च गर्न नसकेपछि बढी ब्याजका लागि मुद्दती (फिक्स डिपोजिट) खातामा जम्मा गरेको पाइएको छ ।  महानगरले गत आर्थिक वर्षको विकास बजेटअन्तर्गतको खर्च हुन नसकेको १ अर्ब बैंकमा जम्मा गरिएको बताएको छ । सरकारको आर्थिक कार्यविधि ऐनविपरीत महानगरले यसरी ब्याजमा राखेको पाइएको हो ।

काठमाडौं विभिन्न समस्याले ग्रसित छ । कैयांै स्थानमा पूर्वाधारका धेरै काम गर्नुपर्ने अवस्था छ भने वातावरणीय प्रदूषण नियन्त्रण तथा फोहोर व्यवस्थापन गर्नुपर्ने अवस्था पनि छ । तर, यस्ता कैयांै महŒवपूर्ण कार्य गर्न छोडेर विकास बजेट बैंकमा राखिएको भन्दै महानगरको आलोचना भएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोल रानीपोखरी पुनर्निर्माण, सर्वाेच्च अदालतबाट महानगरको भवन निर्माण तत्कालका लागि रोक्न दिएको निर्देशनलगायतका कारण ठूला आयोजनाका लागि विनियोजन गरिएको बजेट खर्च हुन नसकेकाले खर्च हुन नसकेको रकम बैंकमा राखिएको बताउँछन् । तर, रानीपोखरी पुनर्निर्माण र सर्वोच्चले रोकेको भवन निर्माणका लागि बढीमा ३५ देखि ४० करोड मात्रै विनियोजन गरिएको थियो । बाँकी ६० करोड रकम भने अन्य विकास निर्माणका कार्यमा लगाउन सकिने अवस्था थियो । तर, त्यसरी विकासमा रकम नलगाई सो रकम पनि बैंकमा राखिएको हो ।

महानगर क्षेत्रमा रहेका समस्या ज्यूँकात्यूँ रहँदासमेत महानगरले विकासको कामलाई अगाडि बढाउन नसकेको नगरवासीको आरोप छ । विकासलाई तीव्रता दिनुको साटो ब्याजका लागि बजेट उपयोग गर्नुले महानगरको विकासप्रतिको बेवास्तालाई प्रस्ट पारेको स्थानीयको गुनासो छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);