काठमाडौँ महानगरपालिकाले १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ महानगरपालिकाले १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/ ७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको छ ।

महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा बिहीबार उपप्रमुख हरिप्रभा खड्गीले उक्त रकमको बजेट प्रस्तुत गरेकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट ल्याएको उनले बताइन् ।

महानगरपालिकाले कोभिड–१९ रोकथाप, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोर मैला व्यवस्थापन, लैंगिक समानता र सामाजिक समावेशीकरण, भाष, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन आदिलाई बजेटमा प्राथमिकतामा राखेको छ ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

त्यस्तै, महानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपांगता भएका महानगरबासीहरुका लागि सहयोग, मानवअधिकार प्रवर्द्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवर्द्धन, उद्यमशिलता प्रवर्द्धन, विद्युतीय शासनको प्रवर्द्धन, युवासँग मेयर, पौरखी मेला, खेलकुदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);