शिक्षक अभाव टार्न स्वयंसेवक | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

शिक्षक अभाव टार्न स्वयंसेवक

teachers

काठमाडौं, १६ जेठ । मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसद्मा आर्थिक वर्ष २०७६/२०७७ को बजेट पेस गर्दै स्नातक र स्नातकोत्तर विद्यार्थीलाई शिक्षण स्वयंसेवकका रूपमा खटाइने जनाए ।

 यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । धेरै विद्यार्थी, थोरै शिक्षक झएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिनेछ । शिक्षण सिकाइ सहयोग अनुदान कार्यत्रममार्फत शिक्षण स्वयंसेवक परिचालन गर्न लागिएको हो । सामुदायिक विद्यालयहरूमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको बढी अभाव छ ।अर्थमन्त्री खतिवडाले विज्ञान प्रविधिसहित शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोडको बजेट प्रस्तुत गरेका छन् । जुन गत वर्षभन्दा करिब २९ अर्बले बढी हो । गत वर्ष शिक्षा क्षेत्रमा कुल बजेटको १०।२३ प्रतिशत विनियोजन गरिएकामा यस वर्ष १०।६८ प्रतिशत हुन आउँछ । यसरी हेर्दा ०।४५ प्रतिशत बजेट मात्रै वृद्धि भएको देखिन्छ । शिक्षामा गत वर्षको तुलनामा खर्च गर्ने क्षेत्र भने वृद्धि हुँदै गएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न अर्बौं खर्च आवश्यक छ । यी दुई ऐनको सुरुवाती कार्यान्वयनका लागि मात्रै कम्तीमा १० अर्ब हाराहारी आवश्यक पर्ने शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । बजेटसँगै शिक्षकको तलब भत्ता पनि बढेको छ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);