लोकतन्त्रमाथी फेरी हमला हुन थाल्यो : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लोकतन्त्रमाथी फेरी हमला हुन थाल्यो : देउवा

sher bahadur deuwa

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि फेरी हमला हुन थालेको बताएका छन । राजधानीमा गणतन्त्र दिवसका अवसर पारेर कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले गरेको सम्मान तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमाथि हमला हुन थालेको बताए ।

‘प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि जनताले पटक पटक जेलनेल भोग्नु पर्यो, लोकतन्त्रमाथि फेरी हमला हुन थालेको छ, फेरी जनताले लोकतन्त्रका लागि सडकमा आउनु पर्ने अवस्था आउन थाल्यो,’ कांग्रेस सभापति शेरबहादुर देउवाले भने । उनले लोकतन्त्रका लागि आवाज उठाउँदा सधै दुःख दिने राजालाई कांग्रेसले तह लगाएको समेत बताए ।

‘फण्डामेण्टल कुरा लोकतन्त्र हो, हिजो यही लोकतन्त्र माग्दा राजालाई कांग्रेसले तह लगायो, फेरी पनि सरकारले लोकतन्त्रको फण्डामेण्टल आधार प्रेस र मानवअधिकारमाथी प्रश्न उठाउन खोज्दै छ,’ देउवाले भने ।

कुनै पनि बाहानामा जनता र प्रेसलाई कन्ट्रोल गर्ने लोकतन्त्र कांग्रेसको परिधि भन्दा बाहिर हुने देउवाले स्पष्ट पारेका हुन । उनले लोकतन्त्रको रक्षाका लागि फेरि कांग्रेसले आन्दोलन गर्नुपर्ने दिन आउन सक्ने समेत बताए । उपसभापति विमलेन्द्र निधिले कांग्रेसले वैचारिक नेतृत्व गरेकै कारण नेपालमा गणतन्त्र आएको जिकिर गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई दीर्घायु बनाइराख्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा रहेको बताए । ‘कसैलाई भ्रम नहोस, गाणतन्त्रको यात्राको वैचारिक नेतृत्व नेपाली कांग्रेसले गरेकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आयो’, निधिले भने ।

नेपालको गणतन्त्र संघीय लोकतान्त्रिक भएको भन्दै निधिले नेपालको गणतन्त्र कम्युनिष्ट, निर्दलीय, एकतन्त्र र तानाशाही नभएको बताए ।कार्यक्रममा सो क्षेत्रका सांसद समेत रहेका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सरकार प्रतिपक्षको महत्वको अवमूल्यन गर्दै अघि बढेको भन्दै सत्ताको उन्मादमा सरकार पुगेको बताए ।

उनले संचार जगतकै योगदानका कारण जनता जागृत भएर मुलुकमा गणतन्त्र आएको र गणतन्त्रको जगमा बसेको सरकारलाई उन्माद आए त्यो पोखिने समेत दाबी गरे । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता ध्यान गोविन्द रंजितलाई सम्मान समेत गरिएको थियो ।  यो समाचार आजको राजधानी दैनिकमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);