क्षमताबिनाको बजेट : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

क्षमताबिनाको बजेट : कांग्रेस

nepali congress

काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको आर्थिक वर्ष २०७६÷०७७ को बजेटलाई ‘क्षमताबिनाको बजेट’को संज्ञा दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले वितरणमुखी भएको र क्षमताबिनाको रहेको टिप्पणी गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटमाथि प्रतिक्रिया दिँदै बजेटमा नयाँ कुरा केही आउन नसकेको तथा प्रस्तुत बजेटमा खर्च गर्ने क्षमताबिनाका कार्यक्रम राखिएको टिप्पणी गरे । ‘बजेटमा नयाँ कुरा केही आएन, यो बजेटमा खर्च गर्ने क्यापसिटी नै देखिएन । बजेट वितरणमुखी छ,’ कांग्रेस सभापति देउवाले भने ।

उनले सरकारले कार्यान्वयन नै गर्न नसक्ने बजेट ल्याएको समेत दाबी गरे । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले समेत बजेट क्षमताबिनाको, वितरणमुखी र बढी महŒवाकांक्षी भएको बताए । उनले अनुशासनलाई ध्यान नदिई बजेट ल्याइएको र यसले कार्यान्वयनमा प्रश्न उब्जाउने बताए ।

‘सरकारले प्रस्तुत गरेको बजेट क्षमताभन्दा निकै ठूलो र वितरणमुखी छ, यो बजेट चालू आवमा खर्च हुने भन्दा ४० प्रतिशत ठूलो छ । यसको दुरुपयोगको सम्भावनासमेत बढी छ,’ पूर्वअर्थमन्त्री महतले राजधानीसँग भने ।  यो समाचार आजको राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);