जिउँदै जलाएर युवतीको हत्या : १६ अभियुक्तविरुद्ध मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

जिउँदै जलाएर युवतीको हत्या : १६ अभियुक्तविरुद्ध मुद्दा दर्ता

hatya

काठमाडौं, १६ जेठ । यौनहिंसाविरुद्धको उजुरी फिर्ता गर्न नमान्दा जिउँदै जलाइएकी बंगलादेशी किशोरी नुसरत जहान रफी हत्याकाण्डमा प्रहरीले १६ जनाविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । ६ अप्रिलमा ढाकाबाट एक सय ६० किलोमिटर टाढाको फेनी सहरस्थित एक मदरसाको छतमा १९ वर्षीया रफीलाई शरीरमा मट्टितेल खन्याएर जिउँदै जलाइएको थियो ।

रफीको १० अप्रिलमा मृत्यु भएको थियो । प्रहरीले मुद्दा दर्ता गरेका १६ जनामध्ये मदरसाका हेडमास्टर सिराज उद डोउला पनि एक हुन् । घटनाको समयमा उनी जेलमा थिए । उनीविरुद्ध गत मार्चमा रफीले यौनहिंसाको उजुरी दिएकी थिइन् । उनीबाहेक मदरसाकै केही छात्रा तथा दुई स्थानीय नेताविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार डोउलाले जेलभित्रैबाट रफीलाई जलाउन आदेश दिएका थिए । प्रहरीले घटनालाई सुनियोजित ‘सैन्य योजनाझैँ’ भनेको छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);