संवैधानिक इजलाद्धारा सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

संवैधानिक इजलाद्धारा सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासद्धारा हेर्न नभ्याइनेमा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको भएतापनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ ।१६ वैशाख २०६ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए ।

साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी भामुख सापकोटाकविरुद्ध किटानि जाहेरि दिएको थिइन । तर प्रहरीले जाहेरी लिन नमानेपछि लामा पत्नीले त्यसविरुद्ध सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले तत्काल आदेश दियो र जाहेरी दर्ता भएको थियो । तर, तत्काललिन समयमा प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

पूर्णिमायले समयमा पति हत्याको दोषिलाई कारवाहिको माग गर्दे पुन: त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गएकी थिइन । तर सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उक्त मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा रहेको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा बर्तमान सभामुखको पद समालेका सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षितलगाएतका ब्यक्तिले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत दायर गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);