न्यायाधीश व्यस्त भएपछि वामदेव गौतमविरुद्धको मुद्दामा भएन सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

न्यायाधीश व्यस्त भएपछि वामदेव गौतमविरुद्धको मुद्दामा भएन सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ ।

गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

रिटमाथि बुधबार प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा सम्मिलित संवैधानिक इजलासमा पेसी तोकिएको थियो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीशहरू व्यस्त भएपछि गौतमविरुद्धको मुद्दामा आज सुनुवाइ हुन नसकेर हेर्न नभ्याइनेमा राखिएको हो ।

निवेदक त्रिपाठीले सर्वोच्चमा फुल कोर्ट बस्ने भएकाले सुनुवाइ हुन नसक्ने जानकारी आएको बताए ।

राष्ट्रियसभामा युवराज खतिवडाको पदावधि सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा एक वर्षअघि १ असोजमा नेता गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिइन् ।

लगत्तै प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्तिलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्नु संविधानविपरीत जिकिर गर्दै अदालतमा मुद्दा परेको थियो ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);