वामदेव गौतमविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज बहस हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

वामदेव गौतमविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज बहस हुँदै

काठमाडौं, १४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरेपछि सर्वोच्चमा दायर रिटमाथि आज बहस हुँदैछ । बुधबार सर्वाेच्चका न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयको भदौ २९ को निर्णय र उहाँलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वको पाँच सदस्ययी संवैधानिक इजलासले गौतमको मुद्दामा सुनुवाइ गर्न लागेको हो। इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);