वामदेव गौतमको मुद्दा पुन: ‘हेर्दाहेर्दै’मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

वामदेव गौतमको मुद्दा पुन: ‘हेर्दाहेर्दै’मा

काठमाडौं, १६ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब आउँदो बुधबार सुनुवाइ हुने भएको छ ।

शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर बाँकी सुनुवाइ आउँदो बुधबारसम्मका लागि स्थगित गरिएको हो ।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनीत गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ ।

बुधबार नसिकएपछि शुक्रबारका लागि सारिएको सुनुवाइ अदालतको समय सकिएपछि फेरि आगामी बुधबारका लागि सरेको हो । रिटमा असोज ७ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको सांसद पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

गौतमका तर्फबाट बहस गर्न पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठलगायत ३० भन्दा बढी कानुन व्यवसायीले वकालतनामा दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);