प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी राख्‍न प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी राख्‍न प्रस्ताव

प्रदेश सभाको अर्को बैठक असोज १९ गते बस्नेगरी स्थगित

बुटवल, १६ असोज । प्रदेश नं ५ को सरकारले प्रदेश ५ को नामाकरण लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी बनाउन प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभाको छैठौं अधिवेशनको २९ औ बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीले प्रदेशको नामाकरण र स्थायी राजधानी सम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।

मन्त्री केसीले पस्ताव पेश गरेलगत्तै प्रदेशसभा सदस्यहरुले आपत्ती जनाएका छन् ।

सिफारिस समितिले प्रस्ताव गरेभन्दा प्रदेशको राजधानी फरक ठाँउ र कार्यसूचिमा नभएको प्रस्ताव पेश गरिएको भन्दै प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका थिए ।

राजधानी सम्बन्धी प्रस्ताव पेश भए लगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु रमा अर्याल, फकरुदिन खान र बैजनाथ कलवारले असहमति जनाउनुभएको छ ।

प्रदेशसभा सदस्यहरुले विरोध जनाएपछि सभामूख पूर्ण बहादुर घर्तीले प्रदेश सभाको अर्को बैठक असोज १९ गते बस्नेगरी स्थगित गरेका छन् । राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि प्रदेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव अघि बढाएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);