प्रदेश ३ को स्थायी राजधानी र नामवारे प्रदेशसभा बैठकमा प्रस्ताव पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश ३ को स्थायी राजधानी र नामवारे प्रदेशसभा बैठकमा प्रस्ताव पेश

हेटौंडा, २३ पुस । प्रदेश–३ को स्थायी राजधानी नामबारे प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ । प्रदेशसभा भवन हेटौंडामा बुधवार बसेको बैठकमा प्रदेशको स्थायी राजधानीबारे औपचारिकरुपमा छलफल सुरु भएको हो ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउन बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन छलफलका लागि प्रस्तुत निर्णय गरेको थियो ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

समिति सभापति निरौलाले पेश गर्नुभएको अध्ययन प्रतिवेदनमाथि प्रदेश सभा सांसदहरुले आ आफना आफ्नो धारणा राखेका छन् । बैठकमा कतिपय सांसहरुले भक्तपुर र काभे्रलाई राजधानी तोक्न माग गरेका थिए भने कतिपय सांसदले राजधानीका लागि हेटौंडा नै उपयुक्त भएको बताएका थिए ।

त्यसै गरी प्रस्ताव माथिको छलफलमा भाग लिने कतिपय सांसदले सबैलाई पायक पर्ने स्थानलाई राजधानी तोक्नु पर्ने बताएका थिए । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो तीन बजे बस्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);