प्रदेश २ को स्थायी राजधानी र नाम टुंगो लगाउन आउँदो मंगलबार मतदान हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदेश २ को स्थायी राजधानी र नाम टुंगो लगाउन आउँदो मंगलबार मतदान हुने

pradesh-2

जनकपुरधाम, १ चैत । प्रदेश २ को स्थायी राजधानी र नामाकरणको टुंगो लगाउन आउँदो मंगलबार मतदान हुने भएको छ । प्रदेशसभामा प्रदेशको नाम र राजधानी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते बिहान ८ बजे मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको हो ।

बैठकमा अध्ययन विशेष समितिले मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रस्तुत गर्नुभएको थियो । समितिको संयोजक सभामुख सरोजकुमार यादव रहे पनि उहाँकै निर्देशनमा सचेतक साहले सो प्रतिवेदन पेश गर्नुभएको थियो ।

समितिमा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जसहित तीन प्रस्ताव र नामकरणका लागि चार प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नामाकरणका लागि सत्तारुढ दलले मधेश प्रदेश, कांग्रेसले मिथिला प्रदेश नेकपाले जानकी प्रदेश र विरगञ्जतिरका कांग्रेस र समाजवादीका केही सांसदले मध्यमधेश नाम राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);