जिल्ला सभापतिहरुले दिएको सुझावबाट उत्साहित छु : पौडेल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

जिल्ला सभापतिहरुले दिएको सुझावबाट उत्साहित छु : पौडेल

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामजन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकबाट भएका निर्णय विरुद्धमा आफु निकट जिल्ला सभापतिहरुले समर्थन जनाएको बताउनुभएको छ ।

बुधबार सम्पन्न जिल्ला सभापतिहरुको भेलापछि वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुले दिएको सुझावबाट आफु उत्साहित भएको बताउनुभएको हो । उहाँले पुष ११ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु खारेज गर्न जिल्ला सभापतिहरुले समर्थन जनाएको बताउनुभयो ।

केन्द्रीय कार्यसमितिको नाउँमा भएका निर्णयहरु पार्टीको हितमा नभएको र १४ औं महाधिवेसनलाई अनिश्चित बनाएको बताउनुभयो ।

त्यस्तै नेता कृष्ण सिटौलाले कम्युनिष्टको सरकारबाट उत्पन्न परिस्थितिहरु माथि एक भएर लडनुपर्ने अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो गुटको मात्र बैठक बसाई निर्णय गरेको बताउनुभयो । उहाँले सभापति देउवालाई पार्टीको नभई आफ्नो गुटको मात्र सभापति बनेको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने लगायत विभागहरुको संख्या बढाई ४७ पु-याउने निर्णय गरेको थियो ।

त्यस यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एकलौटी निर्णय भएको भन्दै आफु निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);