संस्थापन पक्षको निर्णयप्रति पौडेल पक्षधर जिल्ला सभापतिहरुको असहमति | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

संस्थापन पक्षको निर्णयप्रति पौडेल पक्षधर जिल्ला सभापतिहरुको असहमति

हचुवाको भरमा निर्णय गर्दा पार्टी संकटमा जाने भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु सच्याउनुपर्ने सुझाव

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले केन्द्रीय कार्यसमितिको बैठकबाट बहुमतका आधारमा पारित निर्णयहरुप्रति असहमति जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा केन्द्रीय कार्यसमितिमा भएको निर्णय र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा राय सुझाव लिने काम भइरहेको वरिष्ठ नेता रामचन्द्र पोडेलले जानकारी दिनुभयो ।

भेलाको पहिलो दिन सोमबार वरिष्ठ नेता पौडेलले पार्टीमा देखिएको पछिल्लो विवादबारे जानकारी गराएको र त्यसमा महत्वपूर्ण सुझावहरु आएको बताउनुभयो । उहाँले जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विधिको बाटोमा हिंडनुपर्ने, संस्थागत रुपबाट पार्टी चलाउनुपर्ने र हचुवाको भरमा निर्णयहरु गर्दा पार्टी संकटमा जाने भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु सच्याउनुपर्ने सुझाव दिएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुसँग परामर्श लिने काम मंगलबार पनि जारी रहने भएकाले सबै जिल्ला सभापतिहरुको रायसुझाव लिएपछि मात्र कसरी अगाडी बढ्ने भन्ने विषयमा निश्कर्षमा पुग्ने बताउनुभयो ।

Uncategorized‐मा वर्गिकृत